सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा भारी मात्रामा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार ३०० रुपैयाँ बढेर १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस अघि सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज ह्वात्तै बढेको हो । यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । चाँदी सोमबार एक हजार ९१० मा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा ५५ रुपैयाँले वृद्धि भएको हो ।
थर्ड पोल 