सानिमा रिलायन्स लाइफको शेयर बिक्रीमा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले करिब पौने १६ लाख कित्ता शेयर बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक समूहको १५ लाख ७४ हजार २५१ कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा कम्पनीको विद्यमान संस्थापक शेयरधनीका साथै अन्य इच्छुक व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने छन्।
कम्पनीले यसअघि गत फागुन १ गतेदेखि फागुन १९ गतेसम्म यो शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो। तर, संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गर्नुपरेको कम्पनीले जनाएको छ।
थर्ड पोल 