संसद्को अवरोध खुलाउनेबारे छुट्टै छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्र

संसद्को अवरोध खुलाउनेबारे छुट्टै छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्र

काठमाडौं ।  नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र संसद्को अवरोध खुलाउनेबारे छुट्टै छलफलमा छ । यी तीन पार्टी अनौपचारिक छलफलमा छन् । दिउँसो २ बजे तीन पार्टीबीच औपचारिक बैठक बस्ने तय भएको छ । केहीबेरमा विपक्षी दलहरूको बैठक बस्नेछ । विपक्षी दलहरूको बैठक पछि कांग्रेस, एमाले र माओवादी केन्द्रबीच छुट्टै छलफल हुन लागेको हो ।

प्रतिनिधि सभाको बैठक जेठ १३ गतेदेखि कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

एमालेका सांसदहरू संसद्को अवरोध खुलाउने विषयमा कांग्रेस, एमाले र माओवादी एकै ठाउँमा रहेको बताउँछन् । माओवादीका नेताहरू सत्तापक्ष लचक भए संसद्को अवरोध खोल्ने बताउँछन् ।