हुम्लाको सर्केगाडमा भयो आगलागी , आठ वटा घर जलेर नष्ट
काठमाण्डौ – हुम्लामा गएराति आगलागी हुँदा आठ वटा घर जलेको छ । सर्केगाड –३ मा रहेको उनापानी गाउँमा राति साढे १२ बजे भएको आगलागी हुँदा आठ वटा घर जलेर नष्ट भएको वडाध्यक्ष अकिल कार्कीले जानकारी दिनुभएको छ ।
आगलागीका कारण घरमा भएका अन्नपात, लत्ताकपडा लगायत सबै जलेर खरानी भएका छन् । मानिस र गाइवस्तु भने केही समयदेखि लेकमा रहेका कारण मानवीय र पशुचौपायाको क्षति नभएको वडाअध्यक्ष कार्कीले जानकारी दिनुभयो । आगलागीको कारण खुल्न बाँकी छ ।
थर्ड पोल 