१ करोड ६० लाखको कपडा र चुरोट बरामद

१ करोड ६० लाखको कपडा र चुरोट बरामद

सशस्त्र प्रहरी बल सिमा सुरक्षा बलले झण्डै १ करोड ६० लाख बराबरको लत्ताकपडा तथा चुरोट बरामद गरेको छ । सशस्त्र प्रहरी बल सिमा सुरक्षा बल र भन्सार कार्यालय सर्लाही मंगलवाको संयुक्त टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिका -२ लाईटरखोरबाट एक करोड ६० लाख बराबरको लत्ताकपडा तथा चुरोट बरामद गरेको हो ।   

सर्लाहीको ईश्वरपुर नपा २ लाईटरखोर स्थित श्री तुलसी पशुपालन फर्ममा अवैध रुपमा लुकाई–छिपाई राखेको १ करोड ५८ लाख ५९ हजारको मात्रामा लत्ताकपडा र चुरोट छापामारी गरी बरामद गरेको सशस्त्र प्रहरी मधेश प्रदेशका छिन्नमस्ता वाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले जानकारी दिए ।