बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकः जीवन बीमकको नवीकरण बीमाशुल्क १ खर्ब धेरै

 बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकः जीवन बीमकको नवीकरण बीमाशुल्क १ खर्ब धेरै


काठमाडौ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म १४ वटा जीवन बीमा कम्पनीले १ खर्ब ९ अर्ब ४३ करोड १४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्।

अघिल्लो वर्ष वैशाखसम्म कम्पनीहरुले ९७ अर्ब १२ करोड ५८ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थिए। गत वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको नवीकरण बीमाशुल्क १२.६७ प्रतिशतले बढेको हो।

चालु आर्थिक वर्षको वैशाखसम्म सर्वाधिक नवीकरण बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ रहेको भने बढोत्तरीको हिसाबले राष्ट्रिय जीवन बीमा कम्पनी अग्रस्थानमा रहेको छ।

समीक्षा अवधिसम्म नेपाल लाइफले २९ अर्ब ४७ करोड २२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष वैशाखसम्म नेपाल लाइफले २६ अर्ब ९६ करोड ४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ९.३२ प्रतिशत बढेको छ।

समीक्षा अवधिसम्म दोस्रो सर्वाधिक नवीकरण बीमाशुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ। यो कम्पनीले समीक्षा अवधिसम्म १३ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष वैशाखसम्म कम्पनीले १२ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको नवीकरण बीमाशुल्क ७.२८ प्रतिशतले बढेको छ।

तेस्रोमा नेसनल लाइफ रहेको छ। कम्पनीले समीक्षा अवधिसम्म १२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यो कम्पनीले १० अर्ब ६१ करोड रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको नवीकरण बीमाशुल्क २१.७२ प्रतिशत बढेको छ।

चालु आर्थिक वर्षको वैशाखसम्म हिमालयन लाइफले ११ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क उठाएको छ। अघिल्लो वर्ष वैशाखसम्म कम्पनीले ११ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ उठाएको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नवीकरण बीमाशुल्क ०।३५ प्रतिशतले घटेको छ।

यसैगरी समीक्षा अवधिसम्म राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ६१ करोड ८९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ६ अर्ब २५ करोड २० लाख रुपैयाँ, एसियन लाइफले ५ अर्ब ५७ करोड १४ लाख रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब ९६ करोड २ लाख रुपैयाँ, मेट लाइफले ३ अर्ब ८७ करोड ६९ लाख रुपौयाँ र सानिमा रिलायन्स लाइफले ३ अर्ब ८० करोड ५७ लाख रुपैयाँ नवीकरण शुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा कम्पनीहरुको नवीकरण शुल्क क्रमशः ४३।९२ प्रतिशत, १३।८१ प्रतिशत, १०।४४ प्रतिशत, २१।१४ प्रतिशत, ९।८० प्रतिशत र १३।४६ प्रतिशतले बढी हो।

वैशाखसम्म आइएमई लाइफले २ अर्ब ९० करोड ८७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ८८ करोड ६२ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ७८ करोड ५ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब २० करोड ९१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा कम्पनीहरुको नवीकरण बीमाशुल्क आर्जन क्रमशः १७।२९ प्रतिशत, ७।२८ प्रतिशत, २४।४७ प्रतिशत र १३।७० प्रतिशतले बढेको छ।