एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, सबैले खरिद गर्न मिल्ने
काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ८६ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले वैशाख १७ गते बाट १५ दिनभित्र बैंकको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनुपर्नेछ । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । निवेदनपछि बिक्रेतासँग समन्वय गरेर आपसी सहमतिमा मात्रै खरीद–बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।
थर्ड पोल 