सेतो मच्छिन्द्रनाथ रथ निर्माण कार्य सुरु, यसरी हुँदैछ निर्माण कार्य

सेतो मच्छिन्द्रनाथ रथ निर्माण कार्य सुरु, यसरी हुँदैछ निर्माण कार्य


काठमाडौं । सेतो मच्छिन्द्रनाथ रथ निर्माण कार्य सुरु भएको छ । चैते दसैँदेखि सुरु हुन लागेको सेतो मच्छिन्द्रनाथ रथ यात्राको लागि तयारी स्वरूप तीनधारा पाठशाला अगाडि रथ निर्माण भइरहेको हो । सेतो मच्छिन्द्रनाथ रथ निर्माण तीन धारा पाठशाला अगाडि सुरू भएको छ।  

केल टोलस्थित मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीन धारा पाठशालामा ल्याइ पुर्‍याइ रथमा विराजमान गराइसकेपछि रथयात्रा सुरू हुने गर्छ। जात्राको पहिलो दिन जमलदेखि असन, दोस्रो दिन असनदेखि हनुमान ढोका, तेस्रो दिन लगनसम्म पुर्‍याइन्छ।